Rule 26
दर्ता किताबमा खुलाउनु पर्ने अन्य कुराहरू
ऐनको दफा १३ को उपदफा (१) मा उल्लिखित कुराहरूका अतिरिक्त व्यवस्थापकले प्रतिष्ठानमा राखिने दर्ता किताबमा देहायका कुराहरू समेत
उल्लेख गरी राख्नु पर्नेछः–
(क) बालकको राष्ट्रियता,
(ख) बालकले योग्यताको प्रमाणपत्र वा तालिम प्राप्त गरे नगरेको,
(ग) काम गर्ने विभाग वा शाखाको नाम,
(घ) बालक प्रतिष्ठानमा स्थायी वा अस्थायी के हो सो कुरा,
(ङ) बिदा सम्बन्धी विवरण,
(च) ठेकिएको कामको विवरण,
(छ) काम गर्नु पर्ने समय,
(ज) अन्य सुविधा सम्बन्धी विवरण ।